पुर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्मालाइ कोरोना संक्रमण

आफुसंग सम्पर्कमा आएकाहरूलाइ काेराेना परिक्षण र सतर्क रहन आग्रह

सुर्खेत _ नेकपा कर्णालीका इन्चार्ज, पुर्वमन्त्री तथा  प्रतिनिधिसभामा रूकुमपश्चिमबाट निवार्चित सांसद जनार्दन शर्मालाइ कोरोना संक्रमण भएको छ । आइतबार बिहान उनले सामाजिक संजाल फेसबुकमा आफुलाइ कोरोना संक्रमण पुष्टि भएको बताएका हुन ।

उनले फेसबुकमा लेखेका छन्, ‘कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउदछु। केहि दिन यता म सँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’