थप एकजना कोरोना संक्रमितको बाँकेमा मृत्यु

 सुर्खेत – बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि २७ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार राति १० बजेतिर उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १४० पुगेको छ ।