मुगु – मुगु जिल्लाबाट पठाईएका स्वावहरु मध्य ३९ जनाको रिर्पोट नेगेटिभ आएको छ । जिल्लाका चार वटै स्थानिय तहहरुमा संकलन गरिएका ३ सय ४७ स्वावहरु मध्य परिक्षण गरिएका खत्याड गाँउपालिकाका ३९ स्वावहरुको पिसिआर रिर्पोट नेगटिभ आएको हो । परीक्षण हुन बाँकी रहेका ३ सय ११ जनाको स्वावहरुको रिर्पोट शुक्रबारसम्म आईपुग्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जानकारी दिएको छ । मंगलबार आरडिटी परिक्षणमा पोजेटिप रिर्पोेट आएकी खत्याड गाँउपालिका वडा नं ३ की १८ बर्षिय युवतीको स्वाव पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएको पनि जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए । पछिल्लो समय जिल्लामा देश भित्रका विभिन्न ठाँउहरु र भारत लगाएत तेस्रो मुलकहरुमा अध्ययन,रोजगारी,औषधी उपचार गर्न गएका जिल्लाबासीहरु उद्धार गरि तथा लुकीछिपी जिल्लामा भित्रने क्रम बढेपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्देशनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका विभिन्न स्थानहरुमा स्वाव संकलन केन्द्र स्थापना गरि स्वाव संकलन गरेका छन्। संकलित स्वाब मध्य १ सय ५२ जनाको स्वाव मंगलबार हेलिकप्टर मार्फत र बाँकी १ सय ९५ जनाको स्वाव बुधबार स्थलमार्गबाट शिक्षण अस्पताल जुम्ला पठाइएको थियो ।
ताजा खबर