१५ जनाको क्षमता भएको कारागारमा ५८ जना

 

जिल्ला कारागार जाजरकोट

जाजरकोट- जिल्ला कारागार जाजरकोटमा क्षमता भन्दा चार गुणा बढी कैदी राखिएको छ । कारागारमा १५ जनाको क्षमता रहेको भए पनि क्षमता भन्दा अत्याधिक चार गुणा बढी कैदी राखिएको हो । हाल कारागारमा ५९ जना रहेका छन । ५८ पुरुष र एक महिला रहेको जिल्ला कारागार कार्यालय जाजरकोटका जेलेर तेजविक्रम शाहले जानकारी दिए । कारागारमा विभिन्न अभियोग लागेर आएका ५९ जना कैदिहरुलाइ राखेका छौं ।

 

‘भौतिक पूर्वाधार नभएका कारण हामीले चार गुणा बढि कैदि राखेका छौं ।’‘जाजरकोट कारागारमा भएका चार गुणा कैदिहरु बाहिर पठाएका छौं ।’‘भौत्तिक पूर्वाधार निर्माणमा कुनै पनी निकायले ध्यान नदिएकोले जिर्ण भवनमा बस्दै आएका छौं ।’‘भवन नहुदा कारागारको व्यवस्थापन गर्न निकै कठिन भएको छ ।’‘ कार्यालयमा खानेपानी, शौचालय प्रयोग, खेल मैदान र खेल सामग्री प्रयोग लगायतका समस्या भएको उनले भने ।’ जिर्ण भौतिक संरचनामा क्षमता भन्दा बढी कैदी बन्दीलाई व्यवस्थापन गर्नुपर्दा सुरक्षा चुनौति बढेको कार्यालका जेलर शाहले बताएको भेरीमालिका दैनिकमा समाचार प्रकाशित छ । भवन अभावले जाजरकोट कारागारमा धेरै जना राख्नु परेको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा सधैं कोचाकोच
१५ जना क्षमताको जिल्ला कारागारमा अहिले ५९ जना कैदीबन्दी छन । पूर्वाधार नथपिए पनि कैदीको संख्या बढ्दै गएपछि कैदीबन्दीले वर्षौदेखि सास्ती भोग्दै आएका हुन । भौतिक संरचना अभावमा कैदीबन्दीले असजिलो भोगेका छन् नै व्यवस्थापनले पनि विभिन्न चुनौती मोल्दै आएको छ । कैदीबन्दीका लागि बस्ने र सुत्ने ठाउँका साथै शौचालय र खानेपानीको समस्या चुलिएको कारागार प्रशासनले जनाएको छ  । सुत्ने समयमा कोचाकोच गरी सुत्नु परेको कैदीबन्दी सर्जन खत्रीले बताए । उनले भने, कारागारको भवन सानो छ । यहाँ थपिएका कैदीबन्दीलाई कहाँ बस्ने, सुत्ने भन्ने समस्या छ ।’ कोचाकोच गरेर सुत्नु परेको उनको गुनासो छ । उनी मात्र होइन, कारागारमा बस्ने कैदीबन्दीलाई खाना बस्नको निकै समस्या भएको छ । कारागारको नयाँ प्रशासन भवन निर्माण भएपनि कैदीबन्दी राख्ने भवन सानो भएको कारागार प्रमुख तिजविक्रम शाहले बताए । कारागार प्रशासनको भवन बन्ने नयाँ कुनै प्रक्रिया समेत नभएको प्रमुख शाहको भनाई छ ।

 

कोरोनाले बनायो ब्यरोजगार
कारागारमा बसेका कैदीबन्दीहरुले आफुले विभिन्न सीप सिक्दै आएका छन । कमाई पनि राम्रै र सीप सिक्न पाएपछि कैदीबन्दी निकै खुशी थिए । तर यस बर्ष कोरोना महामारीले कमाईमा प्रतिबन्ध नै लगाएको छ । विभिन्न सीप सिक्न र सामग्री उत्पादन हुने कच्चा पदार्थको खरिद नभएपछि कैदीबन्दीहरुको कमाईमा प्रतिबन्ध लागेको हो । सिलाई, बुनाई गर्दै आएका कैदीबन्दीहरु सामग्री अभावले अहिले निकै समस्यामा भएको कैदी जगत सुनारले बताए । यस भन्दा अघिका बर्षमा कारागारमा रहेका कैदीबन्दीहरुले महिनाको २५ हजार भन्दा बढी कमाई गर्ने गरेका थिए । कमाई संगै सीप सिक्न पाएपछि कैदिवन्दीको खुशीको सिमा नै थिएन । तर अहिले कोरोनाको असरले सामग्री नहुँदा सिलाई,वुनाईमा समस्या रहेको कैदीबन्दीहरुको भनाई छ । सरकारले सक्ने भए यहाँका लागि सामग्री उपलब्ध गराई दिन माग समेत गरेका छन । कमाई पनि हुने, सीप सिक्ने कैदीबन्दीहरु अहिले मोवाइलमा गेम खेलेर बस्ने गरेको कार्यालय प्रमुख तेजविक्रम शाहले बताए ।

जन्म दिनको अवसरमा कैदीबन्दीलाइ किताब
यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान शेरजंग चन्दले किताब हस्तान्तरण गरेका छन । मंगलवार आफनो ३४ औं जन्म दिनको अवसर पारी किताव हस्तान्तरण गरेका हुन् । जिल्ला कारागार जाजरकोटमा रहेका कैदीबन्दीहरुलाइ चन्दले आधा दर्जन महत्वपूर्ण किताबहरु हस्तान्तरण गरेका हुन । सानैमा पत्रकारीता क्षेत्रबाट प्रहरी क्षेत्रमा होमीएका चन्दले कैदिबन्दीहरुलाइ शिक्षाको क्षेत्रमा केहि सिकाइको लागी पुस्तक बितरण गरेको बताए । कारागारका जेलर तेज बिक्रम शाहको अध्यक्षतामा कारागार बुक कलबलाई हस्तान्तरण गरेका थिए । पछिल्लो समय यहाँका कैदि बन्दिहरु पुस्तक प्रतिको मोह बढ्दै गएको छ ।

 

गत वर्ष जिल्ला प्रहरी कार्यालय जाजरकोटका तत्कालिन प्रहरी प्रमुख रबिन्द्र बहादुर सिंहको पाला देखि स्थापना गरिएको पुस्तकालय अभियानले कैदिबन्दीहरु शिक्षा क्षेत्रमा रमाउने गरेका छन । खालि समय कुरा गरेर समय विताउने, कैदीबन्दीहरु अहिले पुस्तक पढेर विताउने गरेको कैेदीबन्दी जगत विकले बताए । उनले भने, ‘अहिले कारागारमा रहेका कैदीबन्दीहरुको पुस्तकहरु प्रतिको मोह बढेको छ ।’ पछिल्लो समय पुस्तकहरु पढ्ने बानी बसिसक्यो ।’‘बन्द आकास भित्र किताबबाट धेरै कुराहरु अध्ययन गर्न पाएको उनले बताए ।

प्रदेशको बजेट प्रदेशमै फिर्ता

कर्णाली प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालयबाट आएको बजेट प्रदेशमै फिर्ता भएको छ । कार्यालय मर्मत सम्भारको लागी आएको पैसा प्रदेशमै फिर्ता भएको हो । गत आ.वमा कारागार कार्यालय मर्मत सम्भारको लागि मन्त्रालयबाट ५ लाख बजेट पठाएको थियो । कारागार कार्यालय मर्मत सम्भारको लागीबजेट संगै मन्त्रालयले ठेकेदार पठाउदा बजेट फिर्ता भएको कारागार कार्यालय जाजरकोटका एक कर्मचारीले बताए ।

 

उनले भने,‘बजेट पठाए पछी कार्यालयबाट बजेट कार्यान्वयन प्रकृया पनीत होलानी ? प्रदेश सरकारले बजेट ठेकेदार पठाउने । त्यसैले बजेट सहित ठेकेदारलाइ फर्काइदियौं ।’ कार्यालयमा आएको बजेट प्रदेशबाट ठेकेदार पठाउनाले कार्यान्वयनमा समस्या भएको एक कर्मचारीले बताए । भौक्ति संरचना छैन ।भएको जग्गा बनाउनको लागी बजेट अहिले सम्म कुनै टुगो लागेको छैन । सामान्य आएको बजेट पनी मन्त्रालयले हस्तक्षेप गर्दा कार्यान्वयन नभएको एक कर्मचारीले नाम नवताउने सर्तमा जानकारी दिए ।