धान भित्र्याउन किसानलाई चटारो

जाजरकोट – नेपालीहरूको विशेष चाड दशैँ तिहार नजिकिँदै गर्दा जाजरकोटमा धान काट्ने चटारो शुरू भएको छ । दशैँअघि धान बाली भित्र्याएर पर्व मनाउनका लागि अहिले जाजरकोटका किसान निकै व्यस्त देखिन्छन । सामान्यतयाः अधिकांश वर्षहरूमा दशैँ यो बेला सकि सकेको हुन्थ्यो । दशैँपछि आरामले घान भित्र्याउने किसानहरूलाई यसपटक भने चाडबाड र खेती थन्क्याउने चटारो एकैपटक परेको छ ।

अहिले जाजरकोटका किसानहरू खेत मै व्यस्त देखिन्छन । बिहानको १० बजे निस्किएका उनीहरू साँझको ६ बजे मात्र घर फर्किने गर्छन । यो पटक दशैँ मनाउन हतार हतार बाली भित्र्याउनु परेको किसानहरू बताउँछन । जिल्लाका सात वटा स्थानीय तहका किसानहरु बाली भित्र्याउने काममा व्यस्त देखिन्छन । जिल्लाका सात वटै स्थानीय तहमा धान खेती गरिर्दैै आएको जिल्ला कृषि विकास कार्यालय जाजरकोले जनाएको छ । जिल्लाको बारेकोट गाउँपालिका २ का भीमबहादुर थापा दशै अघि नै धान भित्र्याउँदा चाडपर्वको वेला रमाईलो हुने भन्दै धान काट्ने काममा व्यस्त छन । उनले भनेर्, अहिले दशै अलि पछि परेको छ । गत बर्षहरुमा दशै अघि नै मनाईन्थ्यो । काम गर्न निकै सजिलो हुन्थ्यो ।

 

अहिलेको बर्षमा दशै आउनु भन्दा काम गर्न हतारो भएको छ ।’ उनी जस्तै भेरी नगरपालिका १ रावतगाउँका किसान गोविन्द्र विक पनि धान भित्र्याउने काममा निकै व्यस्त देखिन्छन । दशैको वेला घर रंगाउने, लिपपोत गर्ने काममा व्यस्त देखिने किसान अहिले खेतवारीमा व्यस्त छन । कारोना महामारीका कारण गाउँ फर्केका यूवाहरुले समेत धान समेतमा महत्व राखेका थिए ।

 

अहिले खेतवारीमा लगाएका धान भित्र्याउन यूवा पंक्ति समेत व्यस्त रहेको बारेकोट १ का भीमबहादुर विकले बताए । उनले भनेर्, म तिन बर्ष विदेश बसेको नेपाल फर्केको थिए । बाहिर जाने काम परेन । गाउँमा बसेर काम लगाउने काम गरे अहिले राम्रै फलेको छ । त्यसैले आज भोलीको दैनिक खेतवारीमा वित्ने गरेको छ ।’ चाडपर्वको उमंग छाउदै गर्दा जाजरकोटका किसानलाई खेतवारीमा उमंग छाईरहेका छ । पाकेको धानमा किराले सखाप पारेपछि झनै भित्र्याउनु परेको रावतगाउँका स्थानीय प्रेम विश्वकर्माले जानकारी दिए ।