काठमाडौं उपत्यकामा १७०२ सहित थप ३०९३ जनामा कोरोना संक्रमण

काठमाडौं—नेपालमा थप ३ हजार ९३ कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ।

 

काठमाडौं उपत्यकामा मंगलबार मात्र १ हजार ७ सय २ संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार ४ सय ३१ जना, ललितपुरमा १ सय ४८ र भक्तपुरमा १ सय २३ जना नयाँ संक्रमित थपिएका हुन् ।

 

यस्तै, हाल सक्रिय संक्रमिको संख्या ४१ हजार ७ सय ७५ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। हाल आइसियुमा २ सय ७३ र भेन्टिलेटरमा ७८ जना संक्रमित उपचाररत छन्।