कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा एकसय ८१ जनामा कोरोना पुष्टि

सुर्खेतका मात्र एक सय एक जना

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा एकसय ८१ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका मध्य १०१ जना सुर्खेतका रहेका छन् ।
प्रदेशमा कोरोना संक्रमण हुने यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा एकसय ३४, दैलेख अस्पताल प्रयोगशालामा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रलायका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
यस्तै, कमलबजार प्रयोगशाला अछाम र चौरजहारी रुकुमपश्चिम प्रयोगशालामा गरीएको परीक्षणमा एकरएक जनामा कोरोना पुष्टि भएकोस्वास्थ्य शिक्षा अधिकृत कंडेलले बताए ।

जिल्लागत रुपमा सुर्खेतका एकसय एक, दैलेखका ४०, कालिकोटका १५, जुम्लाका चार, हुम्ला र सल्यानका दुई ⁄ दुई, मुगु, जाजरकोट र रुकुमपश्चिमका एक ⁄ एक र अन्य प्रदेशका १४ जना छन् ।

कर्णालीमा हालसम्म कोरोना संक्रमितको कुल संख्या पाँच हजार तीनसय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा एकसय एक जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या तीन हजार नौ सय ८५ पुगेको छ । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।