दैलेखकाे स्वास्थ्य सेवा कार्यालय सील

सुर्खेत – दैलेखकाे स्वास्थ्य सेवा कार्यालय सील गिरएकाे छ । चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सेवा कार्यालय दैलेख सील गरिएको हाे । कार्यालयमा कार्यरत एक जना चिकित्सक, ११ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि सील गरिएको निमित्त स्वास्थ्य व्यवस्थापक डा. निरन्जन पन्तले जानकारी दिए ।

कार्तिक ४ गतेसम्म कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरिएको पन्तको भनाई छ ।