हिरासतमा रहेकाहरुलाई यातना नदिन इरानको उच्च अदालतको आदेश

काठमाडौं – इरानले हिरासतमा रहेकाहरुमाथि यातना दिन प्रतिबन्ध लगाएको छ ।

इरानको उच्च न्यायिक निकायले प्रहरीको नियन्त्रणमा अपराध स्वीकारेका लागि दिइने यातना मनवअधिकारको उल्लंघन हुने भन्दै प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो ।

न्यायायिक सुरक्षा सम्बन्धी उक्त आदेशमा इरानको न्यायपालिकाका प्रमुख इब्रापिहम रायसीले हस्ताक्षर गर्नुभएको हो ।

यसले न्यायिक प्रक्रियामा पारदर्शीता र स्वतन्त्र रुपमा कानुनी सल्लाहकार छनौट गर्ने अधिकार सुनिश्चित गर्ने अधिकारीहरुले दावी गरको छन् ।

नयाँ कानुनी व्यवस्थाले विदशीहरुका लागि कन्सुल पँहुचको सुनिश्चितता गर्ने इरानी अधिकारीहरुको विश्वास छ ।

संयुक्त राष्ट्रसंघले विभिन्न पश्चिमा मुलुकहरुले चरम मानवअधिकार उल्लंघनका घटना भइरहेका आरोप लगाएका बेला इरानले यस्तो व्यवस्था गरेको हो ।

दोषी ठहरिएका अपराधिहरुलाई पनि यातना दिने गरेको भन्दै राष्ट्रसंघले कानुन अनुसार सजाय पाउने भएकाले आरोपिहरुलाई अनावश्य दण्ड दिन नहुने तर्क गर्दै आएको छ । ( एजेन्सी )