कर्णालीमा कुर्मराज शाही नेकपा दलको सचेतक नियुक्त 

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सांसद कुर्मराज शाहीलाई दलको सचेतक नियुक्त गरेका छन् ।

प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेपछि रिक्त स्थानमा शाहीलाई नियुक्त गरिएको हो ।

मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले कालीकोटबाट निर्वाचित शाहीलाई मुख्यमन्त्री शाहीले सचेतक नियुक्त गरेको जानकारी दिए ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि हस्ताक्षर अभियान संकलन गरेको भन्दै शाहीले मुख्य सचेतक शाहलाई हिजो प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेका थिए ।