मुख्यमन्त्री शाहीले गरे प्रमुख सचेतक शाहलाइ पदमुक्त

सिता कुमारी नेपाली नियुक्त

 सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश सभा संसदिय दलका प्रमुख सचेतक गुलाबजंग शाह पदमुक्त भएका छन् । संसदिय दलका नेता समेत रहेका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शाहकाे कामकारवाही सन्ताेषजनक नभएकाे भन्दै साेमबार शाहलाइ प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गरेका हुन् । मुख्यमनत्री शाहीले प्रमुख सचेतककाे जिम्मेवारी सिता कुमारी नेपालीलाइ दिएका छन् ।्