डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

काठमाडौं – डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् । (अनलाइनखबर)