उपप्रमुख ढकाललाई सुर्खेत महिला जेसीजको सम्मान

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख मोहनमाया ढकाल सम्मानित भएकी छन् । सुर्खेत महिला जेसीजले उपप्रमुख ढकाललाई आज सम्मानित गरेको हो ।

 

विगत लामो समयदेखि जिल्लाको राजनितिक क्षेत्रमा सक्रिय रुपमा समर्पित रहँदै महिलाहरुको व्यक्तित्व विकास एवं नेतृत्व क्षमता अभिबृद्धिमा उत्प्रेणात्मक भूमिका निर्वाह गरी समग्र महिलाको आत्मसम्मान र उत्थानमा सशक्त महिला नेतृत्वको रुपमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको जेसिन २०२० का अध्यक्ष प्रमुख प्रमि शाक्यले जानकारी दिइन् ।

महिला जेसीजले हरेक बर्ष गर्ने बार्षिक कार्यक्रम अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तरगत नारी सम्मान कार्यक्रममा उपप्रमुख ढकाललाई सम्मान गरेको हो ।

उपप्रमुख ढकाललाई सुर्खेत महिला जेसीजका संस्थापक अध्यक्ष सिमा चन्द लगायत पूर्व अध्यक्षहरु ज्योति कार्की पौडेल, सुस्मा गिरी, निर्मला पाठक, कृति गुभाजु शाक्य, लक्ष्मी कार्की प्रधान सियाले सम्मान गरेकी थिइन् ।

सम्मान ग्रहण गर्दै उपप्रमुख ढकालले सम्मानकालागि सुर्खेत महिला जेसीजलाई धन्यवाद ज्ञापन गरिन् । उनले हरेक महिलाहरुमा चुनौती पछिको सफलता नै मुख्य कुरा रहेको बताइन् ।

यहि असोज १६ बाट सुरु भएको सप्ताहव्यापी कार्यक्रममा वीरेन्द्रनगरमा आश्रित बाढीपिडितहरुका लागि कोभिड सम्बन्धी जनचेतना र स्वास्थ्य सामाग्री वितरण, बक्तृत्वकला प्रतियोगिता, उद्घोषण तालिम, मानव सेवा आश्रममा दन्त परिक्षण शिविर, सेनेटरी प्याड बनाउने तालिम समेत सञ्चालन गरेको थियो ।