युरोपसम्म बजारीकरण गर्न सफल दैलेखकाे सिस्नो लघु-उद्यम

सुर्खेत- समुद्री सतह देखि करिव ९०० देखि २५०० मिटर सम्म नेपालको पहाडि तथा हिमाली जिल्लाहरुमा प्राकृतिक रुपमा निशुल्क पाईने, सिस्नो परम्परागत रुपमा दुधालु गाई भैसीलाई दिने र विठई गर्ने केटाकेटीलाई डराउने काममा प्रयोग हुने गर्थ्याे ।

तर अहिले आएर समय फेरिएको छ । दैलेख जिल्लाको साविकको भवानी गा.वि.स. र हालको नारायण नगरपालिका वडा नंं १० मा सिस्नोको व्यवसायिक रुपमा पाउडर वनाई काठमाण्डौका तारे होटल तथा विदेश समेत निर्यात हुने गरेको छ ।

लघु उद्यम विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा र जिल्ला लघु उद्यमी समुह संघ, दैलेखको सहजीकरणमा २०६७ सालमा स्थापना गरिएको जनआस्था हिमाली लघु उद्यमी समुहले सिस्नोको प्रसोधन गरेर धुलो सिस्नो बजारमा ल्याएको छ ।

सौगात लेकाली सिस्नो पाउडर नामको वा्रण्ड दिई लघु उद्यमी समुहका २० जना लघु उद्यमीहरुले दैनिक करिव ५० किलो देखि ७० किलो सम्म उत्पादन गर्ने र सो उत्पादित सिस्नोको पाउडर दैलेख सौगात गृह हुदै काठमान्डौको कोशेली घर तथा सौगात प्रमोशन माईक्रो प्रा.लि. काठमान्डौमा जाने गरेको छ । त्यहाँ बाट काठमान्डौको ठुला तारे होटल तथा रेष्टुरेन्ट लगाएत विदेश सम्म निर्यात हुने गर्दछ ।

प्रति के.जि. रु. ५०० देखि ७०० सम्म पर्ने सिस्नो पाउडरले लघु उद्यमीहरुको जीवन नै फेरिएको कुरा समूहका अध्यक्ष सेरबहादुर बोगटीले बताउँछन् । गाउँमा हाल २० बाट बढेर करिब १०० जनाको समुहको नेतृत्व गरि यो व्यवसायलाई व्यवसायिकरण गरेको र यसले लघु उद्यमीको जीवन फेरिएको बताए।

बढ्दो आधुनिकीकरण संगै विभिन्न खोज अनुसन्धानमा आधारित भएर उद्यम व्यवसाय संचालन गर्न लघु उद्यम विकास कार्यक्रमको मोडल अनुसार दैलेख जिल्लामा सिस्नोको पाउडरको सम्भावना राम्रो देखिएको र यसलाई व्यवसायिकरण गदै लघु उद्यमीहरुले मेहनत अनुसारको पैसा कमाएको जिल्ला लघु उद्यमी समूह संघको कार्यालय प्रमूख अन्जु रानाले बताइन् ।

सिस्नोको पाउडर, विभिन्न तौलमा ५० ग्राम देखि एक किलो सम्मको आर्कषक प्याकेजिंगमा उपलव्ध छ । यसमा भिटामिन ए, आईरन, क्याल्सियम, मिनरल्स पाईनुका साथै वाथ, मधुमेह, पत्थरी, हात खुट्टा दुख्ने, ज्वरो, क्षयरोग, ग्यास्ट्रिक, रक्तचाप, बायोगोला सम्वन्धी विभिन्न रोग लागेका विरामीलाई यसले फाईदा गर्दछ ।

सिस्ना पाण्डरलाई गुणस्तरीय बनाउनका लागि साझा सुविधा केन्द्र निर्माण गरी संचालन गरिएको छ । हाल उक्त साझा सुविधा केन्द्रलाई जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, मेटपा टिए ( प्रदेश लघु उद्यम विकास विशेषज्ञ दिपक गर्तौला), मन्त्रालय, स्थानीय तहले विभिन्न प्रकारका सहयोग गर्दै आईरहेको जानकारी उद्यमीहरुले दिए ।

यो सिस्नो लघु उद्यम कर्णाली प्रदेशको सफल उद्यमका रुपमा स्थापित रहेको छ भन विदेशी मुद्रा समेत आर्जन गरेको छ । उक्त साझा सुविधा केन्द्रबाट प्रसोधित सिस्नोको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बजारीकरण गर्नका लागि उप करार सम्झौता गरी ज्वालागढी वहुउद्देश्यीय उद्यम प्रा.लि., सुर्खेतले जिम्मा लिएको छ ।

ज्वालागढी वहुउद्देश्यीय उद्यम प्रा.लि.ले विगत दैलेखमा रहँदा समेत कोशेली घर संचालन गर्दै उद्यमीका सामानहरु खरिद गरी बजारीकरण गर्ने र उद्यमीलाई आवश्यक पर्ने कच्चा पदार्थ , प्रविधि उपलब्ध गराँउदै आएको थियो भने सुर्खेतमा ब्यवशाय स्थापन परिर्वतन गर पनि सोही सेवा दिदै आएको कुरा प्रवन्धक गिताकुमारी खत्रीले बताए ।्

यसरी विदेशी मुद्रा आर्जन गर्ने लघु उद्यम सफल हुनुमा लघु उद्यम विकास कार्यक्रम र जिल्ला लघु उद्यमी समूह संघ, दैलेखको ठूलो भूमीका रहेको समूह अध्यक्ष शेरबहादुर बोगटीले बताए । उनले, जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र घरेलु कार्यालयले अहिले पनि विभिन्न प्रकारका सहयोग गर्दै आएको बताउँदै कोरनाको महामारिमा समेत उत्पादित वस्तु बजारीकरण भईरहेको बताए । यो कोरनाका कारण गुमेको स्वरोजगार र नाजुक अवस्थालाई पुन जीवित गर्न सबैलाई समूहका सदस्यहरुले आग्रह गरे ।