कर्णालीमा थपिए १० वटै जिल्लाका ११६ संक्रमित, सुर्खेतका मात्रै ७९ जना संक्रमित

हालसम्मकै उच्च संख्यामा संक्रमण

सुर्खेत _पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ११६ जनामा कोरोना पुष्टि भएको छ । शनिबार कर्णाली प्रदेश अस्पताल ⁄ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १०८, दैलेखमा ४, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १ र रुकुमपश्चिममा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वाथ्य सेवा महाशाखाले जनाएको छ ।

कोरोना पुष्टि हुनेमध्य सुर्खेतका सबैभन्दा धेरै ७८ जना, रुकुमपश्चिमका ४ जना, डोल्पा र मगगुका १-१ जना, सल्यान, जाजरकोट, हुम्ला, कालकिोट र जुम्लाका २-२ जना तथा अन्य प्रदेशका ७ जना रहेको सामाजिक विकास मन्त्रालय स्वाथ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ४ हजार २ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ६३ छ । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार तीन सय ६६ पुगेको छ । कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य १० जनाको मृत्यु भएको छ ।