पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ६२ जनामा कोरोना पुष्टि

सुर्खेत ­-पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ६२ जनामा कोरोना पुष्टि भएको छ ।  कर्णाली प्रदेश अस्पताल ⁄ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ३३, दैलेखमा १३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ९ र रुकुमपश्चिममा गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वाथ्य सेवा महाशाखाले जनाएको छ ।

कोरोना पुष्टि हुनेमध्य सुर्खेतका २८, सल्यान र जुम्लाका सात ⁄सात, दैलेख र रुकुमपश्चिमका ६ ⁄६, कालिकोटका पाँच र अन्य प्रदेशका तीन जना रहेको सामाजिक विकास मन्त्रालय स्वाथ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या चार हजार एक सय ६६ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २३ छ । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार तीन सय तीन पुगेको छ ।कर्णालीका विभिन्न जिल्लाहरुमा रहेको  आइसोलेसनमा संक्रिय कोरोना संक्रमितको संख्या भने सात सय ४७ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कंडेलको भनाई छ । कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य १० जनाको मृत्यु भएको छ ।