कर्णालीमा कोभिडसँग लड्ने शक्ति छ : मन्त्री रावल

जुम्ला – ‘कुनै बेला कर्णालीमा सिटामोल नपाएर अकालमा ज्यान गुमाउने पर्ने परिस्थिति थियो तर अहिले त्यो रहेन । अहिले विश्वलाई आक्रान्त पार्दै आएको कोरोना भाइरससँग लड्ने शक्तिको विकास भएको छ ।’ ,कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले भने ।

 

अनुगमनका क्रममा जुम्ला पुगेका मन्त्री रावलले कोभिडसँग लड्ने सामर्थ्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग रहेको बताउँछन्।यसको साथै उनले चाडै कर्णाली सरकारको मन्त्री परिषदमा भेन्टिलेटर र शववाहनको एजेण्डा लिएर प्रतिष्ठानलाई भेन्टिलेटर र शववाहन प्रदान गर्ने प्रतिवद्धता जनाए । कोभिडमा प्रतिष्ठानको जनशक्ति र टोलीले खेलेको भूमिका उच्च सम्मान योग्य रहेको उनको भनाई छ। कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले संकटामा प्रतिष्ठानले हाम्रो इज्जत बचाएको बताईन् ।

 

यहाँको सेवा प्रति आभारी सहित प्रतिष्ठानको स्तरबृद्धिका लागि सरकारले आवश्यक सहयोग आवश्यक रहेको जानकारी दिइन् । उनले भनिन्, ‘यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तत्काल भेन्टिलेटर र शव वाहन थप गर्न प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गरिएको छ ।’ जुम्ला पुगेका कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसी, सामाजिक विकास मन्त्री दल रावल सहितलाई कोरोनाको अवस्था खतरा हुन सक्ने भन्दै भेन्टिलेटर र शव वाहन सहयोग गर्न अनुरोध गरिएको हो ।

 

प्रतिष्ठानले कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसी, मन्त्री दल रावल सहितलाई आफ्नो कोभिडको समयमा भएका काम र चुनौतीको विषयमा गरेको अन्तरक्रियामा दुर्त गतिमा पिसिआर परीक्षण गर्नमा सफल भएको र उपचारका लागि भेन्टिलेटरको आवश्यकता भएकोमा जोड गरिएको छ । प्रतिष्ठानले कर्णाली प्रदेशसहित केही सुदुरपश्चिमका जिल्लाका २६ हजार बढि नागरिकको पिसिआर परीक्षण गरिएको छ ।

 

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानको काममा संघीय सरकार र प्रदेश सरकारको ठूलो भूमिका रहेको भन्दै सहयोग रहेको बताए । उनले अन्तिम प्रतिष्ठानको लक्ष्य एमबीबीएस डाक्टर पढाई भएकाले यसमा सहयोग गर्न सवैलाई अनुरोध गरे । कोरोना सक्रमणबाट निको भएका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले १५ वटा भेन्टिलेटर संघीय सरकार र प्रदेश सरकारलाई माग गरिएको जानकारी दिए ।

 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रतिष्ठानको अव्बल भूमिका रहेको र अझै पनि परिचालित हुन आवश्यकता रहेको उनले बताए । यसैगरी, मन्त्री रावल र केसीले प्रतिष्ठानको ईमरजन्सी, आईसियू देखी विभिन्न कक्षकोसमेत अवलोकन गरेका थिए – healthaawaj