जाजरकोट – शिवालय गाउँपालिकाको वडा नम्बर ५ ठाँटीमा अस्थायी प्रहरी चौकी स्थापना गर्न गृहमन्त्रालयले जाजरकोट जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ ।
शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाही निर्वाचनमा बिजय भएसङै ठाँटीमा प्रहरी चौकी स्थापना गर्न परामर्शमा थिए । पुर्व गृहमन्त्री शक्ति बस्नेत,रास्ट्रीय सभा सदस्य माया प्रसाद शर्मा , प्रदेश सभा सदस्य करबिर शाही लगाएत सरोकारवाला निकायको सहयोगमा अस्थायी प्रहरी चौकी स्थापनामा भएकाे स्थानीयले बताएकाछन् ।
सुरक्षाका दृष्टिकोणले शिवालयले सानै भएपनि उपलब्धि हासिल गरेको स्थानीय शिक्षक सर्मिला रावलले बताइन् ।अस्थायी प्रहरी चौकी बन्ने भएपछि स्थानीय हर्षित भएका छन् ।