चारसय जरिवाना तिर्न नसक्ने फरार जुवाडे पक्राउ

सुर्खेत – चार सय जरिवना तिर्न नसक्ने फरार जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले दुई जना फरार जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । उनीहरुलाई पक्राउ पछि सुर्खेत जिल्ला अदालतमा बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।

उनकाअनुसार जुवाडेबाट अदालतले चारसय जरिवाना अशुल्न बाँकी रहेको थियो । प्रहरीले सार्वजनिक अपराध र अंशवण्डाका फरार दुई जना अभियुक्तलाई समेत पक्राउ गरेर अदालतमा पेश गरेको छ ।

उनीहरुबाट क्रममा अदालतमा पाँच हजार र तीनहजार एकसय ९७ जरिवान अशुल्न बाँकी रहेको प्रवक्ता बास्तोलाको भनाई छ ।

यता, सल्यान वनगाडकुपिण्डे नगरपालिका ९ बस्ने २५ वर्षीय हिमबहादुर बोहरालाई ११ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका आरोपी बोहरा २०६६ भदौ २७ गतेदेखि फरार रहेको प्रहरीले जनाएको छ । सल्यान अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको नेपाली रैबारमा समाचार छ ।