कर्णालीमा कोरोना संक्रमितको संख्या चार हजार पुग्यो, आज ६९ जनामा पुष्टि

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या चार हजार पुगेको छ ।

 

बुधबार ६९ जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या चार हजार ३७ पुगेको हो । प्रदेश अस्पताल ⁄ पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ६४, दैलेख अस्पतालमा चार र रुकुमपश्चिममा गरिएको परीक्षणमा एक गरी ६९ जनामा कोरोना पुष्टि भएको हो।

 

पछिल्लो २४ घण्टामा कोरोना पुष्टि हुनेमा जिल्लागत आधारमा सुर्खेतका ५४, दैलेखका पाँच, डोल्पाका दुई, रुकुमपश्चिम र जुम्लाका एक ⁄एक र अन्य प्रदेशका ६ जना छन् । पछिल्लो २४ घण्टामा ४४ जना कोरोना निको भई डिस्चार्ज भएका छन् ।

 

कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या तीन हजार दुई सय २९ पुगेको छ । यसका साथै कर्णालीमा हाल संक्रिय कोरोना संक्रमितको संख्या सात सय ८२ जना रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महासाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलको भनाई छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शिक्षा अधिकृत कंडेलले जानकारी दिए। कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य १० जनाको मृत्यु भएको छ ।