‘हुन्न रहेछ परदेशमा’ (भिडियो सहित)

स्वदेशमै रोजगारीको सिर्जना नभएको भन्दै विदेशिने धेरै युवाहरुले पहिला त सम्झन्छन् कि विदेशमा रुपैयाँपैसा फल्छ नै होला । तर विदेश गएर जव काममा खटिनुपर्छ तव मात्र उनिहरुले महसुस गर्छन् कि यस्तै दुःख आफ्नै देशमा गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भनेर ।
यस्तै भावले ओतप्रोत गीत‍ युवा कृषि उद्यमी श्रीकृष्ण अधिकारी र कमल रेग्मीले सार्वजनिक गरेका छन् ।


श्रीकृष्ण अधिकारीको शब्दमा कमल रेग्मीको स्वर छ भने कमल रसाइलीले संगीत दिएका छन् ।
गीतको म्युजिक भिडिओमा श्रीकृष्ण अधिकारी र सारिका केसीले अभिनय गरेका छन् ।
इजरालयमा ९ वर्षसम्म काम गर्दा भोगेको पीडालाई आफूले गीतमा उतारेको कृषि उद्यमी अधिकारीले बताए ।
विगत एक दशकदेखि अधिकारी आधुनिक कृषिका लागि आवश्यक पर्ने सामग्रीको व्यापारमा संलग्न छन् ।
गायक रेग्मी पनि दुबई र कतार गरी ६ वर्ष विदेशिएका थिए । रेग्मी कृषिसँगै पर्यटन व्यवसायमा संलग्न छन् ।

हेर्नुहोस् भिडियोः