दैलेख – शनिवार विहान आन्द्रा फुटेर उपचारका लागि बाँके पु¥याइएका कोरोना संक्रमित दैलेखको नारायण नगरपालिका–८ तर्ताङ्गका ४९ वर्षीय एक पुरुषको उपचारको क्रममा गए राति नेपालगञ्ज मेडिकल कलेजमा मृत्य भएको छ ।
बाँके जिल्ला कोभिड संकट व्यवस्थापन समितिको समन्वयमा मृतकको शव व्यवस्थापन गरिएको दैलेख जिल्लाका कोभिड फोकल प्रशन थिर प्रसाद रेग्मीले बताए ।
घरको काम गरिरहेको बेला आकस्मात पेट दुखेको भनी अस्पताल लग्दा आन्द्रा फुटेको पत्ता लागेपछि थप उपचारका लागि नेपालगञ्ज पठाईएको थियो । उनले भने, “कोरोना परीक्षणले समय खर्च नहोस् भनेर पीसीआर नमुना दैलेख प्रयोग शालामा पठाइएको थियो ।”
बिरामीलाई कोहलपुरमा उपचा भइरहकै बेला दैलेख प्रयोगशालामा उनको कोरोना पुष्टी भएको दैलेख अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले जानकारी दिए । यो सहित दैलेखमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।
यस अघि गएको जेठ १७ गते दुल्लु नगरपालिका–११ कालभैरवका ३५ वर्षीय एक पुषको पीसीआर रिपोर्ट नआउदै क्वारेण्टीनमा ज्यान गएको थियो । अरु दूई पनि दुल्लु नगरपालिका–३ का ३८ वर्षीय पररुषको सुर्खेतस्थित प्रदेश अस्पतालमा किड्नी उपचार गराउँदैगर्दा मृत्यु भएका हो । साथै असार पहिलो साता दुल्लु नगरपालिका–१० का २१ वर्षीय पुरुष आत्महत्या गरेपछि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।
दैलेखमा कोरोना संक्रमितहरुको संख्या ११ सय नााघेको र सक्रिय संक्रमितको संख्या २८ रहेकोे दैलेख जिल्लाका कोभिड फोकल प्रशन थिर प्रसाद रेग्मी ले बताए ।