वीरेन्द्रनगरले ग¥र्यो लव एण्ड होप नेपाललाई सम्मान

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले लव एण्ड होप नेपाल संस्थाको कामप्रति प्रशंसा व्यक्त गर्दै सम्मान गरेको छ। संस्थाले नगर क्षेत्रका विभिन्न विद्यालयमा लामो समयदेखि पोषाक र शैक्षिक सामग्री सहयोग गर्दै आएको र विपन्न बालबालिकालाई पढाउँदै आएको भन्दै नगरपालिकाले संस्थालाई सम्मान गरेको हो।

नगर उपप्रमुख निलकण्ठ खनालले उक्त प्रशंसापत्र लव एण्ड होप नेपालका सञ्चालक सम्भुशंकर पोखरेललाई हस्तान्तरण गरेका हुन्। उपप्रमुख खनालले भने, “संस्थाको सानो सहयोगले पनि नगरपालिकाको शैक्षिक गुणस्तर सुधारमा योगदान पुगेको छ र विपन्न बालबालिकाले राहत पाएका छन्। यस्तो समाजोपयोगी कामले नगरपालिकामा अन्य संस्थालाई पनि प्रेरणा मिल्ने विश्वास छ।”

संस्थाका सञ्चालक पोखरेलले नगरपालिकाले प्रशंसा पत्र प्रदान गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा थप काम गर्न हौसला प्राप्त भएको बताए। उनले भने, “हाम्रो मुख्य लक्ष्य पिन शिक्षामा सबै बालबािलकाको पहुँच सुनिश्चित गर्नु हो। नगरपालिकाको सहयोग र प्रशंसा पाउँदा अझै उत्साह बढेको छ।”

वीरेन्द्रनगर नगरपालिकाले यसैगरी आगामी दिनमा समाजोपयोगी संस्था र व्यक्तिहरूको योगदानलाई सम्मान गर्ने जनाएको छ। नगरपालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा योगदान दिने सबै संस्थासँग सहकार्य गर्दै आएको छ ।