दैलेखका १० स्थानीय तहको बेरुजु ३२० करोड

सुर्खेत – दैलेख जिल्लाका १० स्थानीय तहको अद्यावधिक बेरुजु रकम ३१९ करोड ९६ लाखभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षकको प्रतिवेदनअनुसार दैलेखका १० स्थानीय तहको कूल अद्यावधिक बेरुजु रकम तीन अर्ब १९ करोड ९६ लाख ८५ हजार नाघेको हो ।
तर यहाँका स्थानीय तहमा बेरुजुमाथि बेरुजुको चाङ लाग्नेक्रम रोकिएको छैन । आर्थिक वर्ष २०८०/०८१ सम्मको अद्यावधिक बेरुजु रकममा सबैभन्दा धेरै आठविस नगरपालिकाको ५८ करोड ३५ लाख एक हजार रहेको छ भने सबैभन्दा कम भगवतीमाई गाउँपालिकाको १३ करोड ८१ लाख ८७ हजार रहेको उल्लेख छ ।

आर्थिक वर्ष २०८०/०८१ मा गरिएको लेखापरीक्षणअनुसार जिल्लाका चार नगरपालिकामध्ये सदरमुुकाममा रहेको नारायण नगरपालिकाको अद्यावधिक बेरुजु रकम २१ करोड ९६ लाख ५५ हजार पुुगेको छ । कूल एक अर्ब ३१ करोड ९१ लाख ९९ हजारको लेखापरीक्षण गर्दा तीन करोड ८६ लाख ५६ हजार बेरुजु देखिएको थियो । जसमा प्रक्रियाबाट एक करोड ९६ लाख ६ हजार फछ्र्यौट भएको छ भने बाँकी बेरुजुमध्ये असुल गर्नुपर्नेमा ६ लाख ३६ हजार रहेको छ । यस्तै प्रमाण कागजात पेस गर्नुपर्ने ४६ लाख ६४ हजार र नियमित गर्नुपर्नेमा एक करोड ३७ लाख ५० हजार रहेको छ ।

यता दुुल्लुु नगरपालिकाको अद्यावधिक बेरुजु ३८ करोड ६५ लाख २२ हजार पुुगेको छ । कूल एक अर्ब ९१ करोड ५७ लाख ९० हजारको लेखापरीक्षण गर्दा पाँच करोड १३ लाख तीन हजार बेरुजु देखिएको छ । जसमा ६२ लाख ७३ हजार फछ्र्यौट हुँदा बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ४३ लाख ५६ हजार रहेको छ । प्रमाण कागजात पेस गर्नुपर्ने दुुई करोड २१ लाख ७६ हजार, नियमित गर्नुपर्नेमा एक करोड ६७ लाख ६५ हजार र पेस्की बाँकी १७ लाख ३३ हजार रहेको छ ।

त्यस्तै चामुुण्डाविन्दाशैनी नगरपालिकाको अद्यावधिक बेरुजु ३८ करोड २९ लाख ८५ हजार रहेको छ । कूल एक अर्ब २१ करोड ९ लाख ६३ हजारको लेखापरीक्षण गर्दा आठ करोड तीन लाख १४ हजार बेरुजु देखिएको थियो । जसमा बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ६१ लाख तीन हजार, प्रमाण कागजात पेस गर्नुपर्ने तीन करोड ६३ लाख एक हजार, नियमित गर्नुपर्ने दुुई करोड ४१ लाख ७१ हजार र पेस्की बाँकी बेरुजु एक करोड ३७ लाख ३९ हजार रहेको छ ।

उता आठविस नगरपालिकाको अद्यावधिक बेरुजु ५८ करोड ३५ लाख एक हजार पुुगेको छ । कूल एक अर्ब ३३ करोड ६५ लाख २२ हजारको लेखापरीक्षण गर्दा पाँच करोड ३० लाख २० हजार बेरुजु देखिएको हो । जसमा सात लाख ४६ हजार फछ्र्यौट भएको छ भने बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ५३ लाख २३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने दुुई करोड दुुई लाख ८२ हजार, नियमित गर्नुपर्ने दुुई करोड ६२ लाख २४ हजार र पेस्की बाँकी चार लाख ४५ हजार रहेको छ ।

गाउँपालिकाहरुको बेरुजु अवस्था

आर्थिक वर्ष २०८०/०८१ मा गरिएको लेखापरीक्षणअनुसार जिल्लाका ६ गाउँपालिकामध्ये महाबुु गाउँपालिकाको अद्यावधिक बेरुजु १७ करोड चार लाख ६९ हजार पुुगेको छ । यो गाउँपालिकाको कूल एक अर्ब एक करोड ५७ लाख ९१ हजारको लेखापरीक्षण गर्दा तीन करोड ३१ लाख ६७ हजार बेरुजु देखिएको हो । जसमा ११ लाख ८८ हजार फछ्र्यौट हुँदा बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने १३ लाख ५९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५४ लाख २३ हजार, नियमित गर्नुपर्ने एक करोड ९९ लाख ९७ हजार र पेस्की बाँकी ५२ लाख रहेको छ ।

यता भैरवी गाउँपालिकाको अद्यावधिक बेरुजु ३५ करोड ८७ लाख १० हजार रहेको छ । कूल ९९ करोड १६ लाख ७२ हजारको लेखापरीक्षण गरिएकोमा ६ करोड १८ लाख ६८ हजार बेरुजु देखिएको थियो । जसमा ३३ हजार फछ्र्यौट भई बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ४८ लाख ३१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने एक करोड ३३ लाख ६१ हजार, नियमित गर्नुपर्ने एक करोड ४५ लाख ६३ हजार र पेस्की बाँकी दुुई करोड ९० लाख ८० हजार रहेको छ ।

भगवतीमाई गाउँपालिकाको अद्यावधिक बेरुजु १३ करोड ८१ लाख ८७ हजार पुुगेको छ । कूल ९८ करोड नौ लाख २५ हजारको लेखापरीक्षण गर्दा एक करोड ३८ लाख सात हजार बेरुजु देखिएको थियो । जसमा पाँच लाख ५६ हजार फछ्र्यौट भएको छ भने बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ७३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ३९ लाख १८ हजार र नियमित गर्नुपर्ने ४३ लाख १५ हजार तथा पेस्की बेरुजु ४९ लाख ४६ हजार रहेको छ ।

त्यस्तै नौमुुले गाउँपालिकाको अद्यावधिक बेरुजु ३८ करोड ३३ लाख ७५ हजार रहेको छ । कूल एक अर्ब १६ करोड १६ लाख ८१ हजारको लेखापरीक्षण गरिएकोमा ६ करोड आठ लाख ४१ हजार बेरुजु देखिएको थियो । जसमा ५० हजार फछ्र्यौट हुँदा बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने २० लाख दुुई हजार, प्रमाण कागजात पेस गर्नुपर्ने तीन करोड ३७ लाख ४३ हजार, नियमित गर्नुपर्ने एक करोड ९८ लाख ९६ हजार र पेस्की बाँकी ५१ लाख ५० हजार रहेको छ ।

डुङ्गेश्वर गाउँपालिकाको अद्यावधिक बेरुजु १८ करोड ७३ लाख ४२ हजार पुुगेको छ । कूल ८३ करोड ७८ लाख १८ हजारको लेखापरीक्षण गर्दा दुुई करोड ३२ लाख ७८ हजार बेरुजु देखिएको हो । जसमा आठ लाख १४ हजार फछ्र्यौट हुँदा बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने १९ लाख ३५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १८ लाख ३८ हजार, नियमित गर्नुपर्ने एक करोड ७७ लाख २८ र पेस्की बेरुजु नौ लाख ६३ हजार रहेको छ ।
यस्तै जिल्लाको ठाँटीकाँध गाउँपालिकाको अद्यावधिक बेरुजु ३८ करोड ८९ लाख ३९ हजार रहेको छ ।

कूल ९४ करोड ४४ लाख ३९ हजारको लेखापरीक्षण गर्दा ६ करोड ४२ लाख ९३ हजार बेरुजु देखिएको थियो । जसमा सात लाख ८१ हजार फछ्र्यौट भएको छ भने बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने २० लाख ५४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने चार करोड ५५ लाख ९३ हजार, नियमित गर्नुपर्ने ५५ लाख ५४ हजार र पेस्की बाँकी एक करोड तीन लाख ११ हजार रूपैयाँँ रहेको छ ।