सुर्खेत – वीरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) का शाखा प्रबन्धकसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल कर्णाली प्रदेश समितिको आयोजनामा शाखा प्रबन्धकसँग भेटघाट तथा अन्तरक्रिया गरिएको हो ।
समितिका अध्यक्ष चन्द्र प्रकाश बरालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कर्णाली प्रदेश क्षेत्र भित्रका राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धकहरूको उपस्थिती रहेको थियो । शाखा प्रबन्धकहरूसँग यस क्षेत्रमा रहेका सम्भावना, अवसर, लगानी र चुनौतीका बिषयमा छदफल भएको अध्यक्ष बरालले बताए । सोही अवसरमा वाणिज्य बैंक कर्मचारी संघप्रति सल्लाह, सुझाव, गुनासो र प्रतिक्रिया माग गरिएको उनको भनाइ छ ।
संघका सचिव विष्णु पौड्यालका अनुसार यस क्षेत्रको आर्थिक विकास र सम्भावनाबारे बृहत छलफल भएको हो । साथै कर्णालीमा बैंकको विकास, विस्तार र नाफा तथा सेवा बृद्धिमा यस युनिटले अझ खेल्न सक्ने भुमिकाबारे बहस गरिएको उनले बताए । कर्मचारीका समस्या समाधान, हक, हित र अधिकार प्रवद्र्धनमा संघले खेलिरहेको भुमिका लगायतका बिषयमा अन्तरक्रिया गरिएको उनले जानकारी दिए ।