राउटे मुखिया सुर्य नारायण शाहीको निधन

सुर्खेत – राउटे मुखिया सुर्य नारायण शाहीको निधन भएको छ । ४९ वर्षको उमेरमा उनको निधन भएको हो ।

राउटे समुदाय हाल बराहताल गाउँपालिका–८ सोतखोलामा बस्दै आएका छन् । गए राती ९ बजेतिर उनको निधन भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

राउटे समुदायका ३ जना मुखिया हुन्छन् । राउटे समुदायमा तीन गोत्र छन् । तीन गोत्र मध्ये उनी कल्याल गोत्रबाट मुखिया भएका हुन् । सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए ।

राउटे समुदाय अहिले २ ठाउँमा छुट्टिएर बस्दै आएका छन् । उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आएका छन् । भने अर्को समूह २ मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ । अब राउटेको संख्या घटेर १३५ पुगेको छ ।