पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं -ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

मृत्क महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचार जारी थियो ।