आज १२ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजेका लागि मन्त्रि परिषद बैठक बोलाएकाछन् । प्रधानमन्त्रीले बोलाएको बैठक नियमित भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रायः सोमबार मन्त्रि परिषद बैठक बस्ने तालिका भएपनि आवश्यक परेका बेला जहिले पनि बस्न सक्ने हुनाले आजको बैठक प्रधानमन्त्रीले बोलाएको प्रेस सल्लाहकार थापाले बताए । आजको बैठकबारेको कार्यसूची बारे आफूलाई जानकारी नभएको उनले बताए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा एसिड आक्रमण कसुर सम्बन्धी विधेयक र बाढी पहिरोले पारेको समस्या र समाधानका बारेमा छलफल हुनसक्ने बताइएको छ । (गोरखापत्र )