राससलाई बिट पत्रकारितामा जोडदिन सुुझाव

सुर्खेत – राष्ट्रिय समाचार समितिलाई बिधागत (बिट) पत्रकारितामा जोडदिन पत्रकारहरुले सुुझाव दिएका छन् । राससको ६४ औं वार्षिकोत्सवको अवसरमा बुुधबार वीरेन्द्रनगरमा सम्पन्न विकासमुुलक पत्रकारितामा राससको भुुमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले यस्तो सुुझाव दिउका हुन् ।

राससले सरकारी औपचारिक समाचारलाई जोड दिएको उल्लेख गर्दै अब विकासमुुलक पत्रकारितालाई राससले बिट बनाउनुुपर्ने कर्णालीका पत्रकारहरुको सुुझाव छ । पत्रकार महासंघ सुुर्खेतका पूूर्व अध्यक्ष पिताम्बर ढकालले विकास र अनुसन्धानमुलुक प्रत्रकारितामा जोड दिन सुुझाव दिए ।

तत्कालिन समयमा राजदरबारलाई पृष्ठपोषण गर्ने ध्ययले राजसंस्थाका गतिविधि प्रचारका लागि रासस गठन भएको उल्लेख गर्दै अब विकास र अनुसन्धानमुलुक प्रत्रकारितामा जोड दिनुपर्ने उनले बताए ।

‘पद्धति संरक्षणका निम्ति राससले दरबारका समाचार लेख्ने चलन थियो । अहिले सबै नागरिकका समाचार लेख्नेगरी रासस संस्था विकास भएको छ’ उनले भने, ‘अब हराउँदै गएको कला संस्कृति र सभ्यता संरक्षणमा पनि कलम चलाउन आवाश्यक छ । टेवलमा बसेर काँटा चम्चाले खानु र ठुला संरचना बनाउनु मात्रै विकास होईन पत्रकारसँगै आम नागरिकको क्षमता पनि विकास हुनुपर्छ ।’
लेखक तथा पत्रकार मनऋषि धितालले औपचारिक मात्रै नभई अन्य विकासमुलक अनौपचारिक पत्रकारितामा राससले ध्यान दिन जरुरी रहेको उल्लेख गरे । समाजमा उठिरहेका समसामयिक सवालका बिषयमा पनि राससले समाचार लेख्नपर्ने उनको भनाइ छ ।

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष शुसिलराज शर्माले विश्वमा सरकार मातहतका मिडिया स्वतन्त्र रहेको उल्लेख गर्दै राससलाई पनि स्वायत्त निकाय बनाउनुपर्ने बताए । राससले सरकारका मात्रै गुनगान गाउने प्रवृत्ति अब आवाश्यक नरहेको उनको भनाइ छ । धेरै ठुला आन्दोलन पत्रकारको अगुवाइमा सफल भएको उल्लेख गर्दै कर्णाली सरकारले आम संचार विधेयक अघि नबढाए आन्दोलन गर्ने उनले चेतावनी दिए ।

पत्रकार महासंघ कर्णाली प्रदेश समितिकी उपाध्यक्ष अप्सरा बिष्टले प्रेस स्वतन्त्रताको अधिकार हुदाँपनि राससकर्मीलाई सरकारका गलत कामका समाचार लेख्नबाट बन्देज बनाइएको बताइन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले कोरोनापछि निजी संस्थाका पत्रकार घट्दै गरेको अवस्थामा राससका पत्रकार बढेको उल्लेख गर्दै बिट पत्रकारितामा ध्यान दिन अनुरोध गरे । साथै श्रमजीवी ऐन रासस लगाएत सरकारी मिडियाले कार्यान्वयन गरेको खण्डमा निजी मिडिया हाउसलाई दवाव पु्ग्ने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले समयको गतिसँगै परिवर्तन नभए आफै लोभ हुँदै जाने उल्लेख गर्दै राससलाई समयम अनुुसार अघि बढ्न सुुझाव दिए । राससको पारदर्शिता बारेमा पनि छलफलको बिषय बनेको उनले औैंल्याए ।

‘मिडियामा मात्रै होइन सबै क्षेत्रमा समस्या छन् । सरकारले आवश्यकता अनुसार काम गर्न सकेको छैन’ उनले भने, ‘व्यवस्था र अवस्था बिचको तालमेल नमिल्नुको कारण खोजी गर्न आवाश्यक छ ।’ आफुु मुुख्यमन्त्री हुदाँ आम संचार विधेयक अघि बढाउन खाजेपनि अन्य दलले साथ नदिदा रोकिएको उनले दावी गरे । साथै राज्य पुर्वाग्रह हुदाँ कर्णाली प्रदेशलाई पछि पारिएको उनको तर्क छ ।

रासस कर्णाली प्रदेश प्रमुख सुरबहादुर सिंहले पत्रकारहरुले दिउका सुझाव सल्लाह महत्वपूूर्ण रहेको भन्दै केन्द्रीय कार्यालयलाई रिपोर्टिङ गरेर माग सम्बोधनका लागि अनुरोध गर्ने बताए । समानुपातिक र समावेशी प्रावधान अनुसार राससकर्मी व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।