सुर्खेत- कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट पुष्टि भएका ४८ जना सहित जम्मा कोभिड–१९ संक्रमितको संख्या ३ हजार ३६४ पुगेको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जानाएको छ ।
आज पुष्टि हुने ४८ जना मध्ये वीरेन्द्रनगर, सुर्खेतमा स्वाब संकलन भएका ४२ जना र वनगाड कुपिण्डे, सल्यानमा स्वाब संकलन भएका ६ जना रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाएका छन् ।
जिल्लागत रुपमा सुर्खेतका ३६ जना, सल्यानका ६ जना, दैलेखका ३ जना र अन्य प्रदेशका ३ जना रहेको उनको भनाई छ ।
यसैगरि पछिल्लो २४ घण्टामा निको भई डिस्चार्ज हुने १५ जना रहेका छन् । हालसम्म निको हुनेहरुको संख्या २ हजार ८ सय १० पुगेको छ । डिस्चार्ज हुने १५ जना मध्ये प्रदेश अस्पताल, सुर्खेतबाट ४ जना, गुर्भाकोट आइसोलेसन सेन्टर, सुर्खेतबाट २ जना र वीरेन्द्रनगर होम आइसोलेसन, सुर्खेतबाट ९ जना रहेको उनको भनाई छ ।
पछिल्लो २४ घण्टामा परीक्षण भएका ३१० जना सहित हालसम्मको जम्मा पिसिआर परीक्षण ७३ हजार १९२ जना रहेको छ ।
हाल सम्म कर्णालीमका मृत्यु हुनेको जम्मा संख्या ६ रहेको छ ।