मौराखारा गुरिल्ला म्याराथनमा दुर्गा र कल्पना प्रथम

सुर्खेत – जिल्लाको सानीभेरी गाउँपालिकामा आयोजित सातौ मौराखारा गुरिल्ला म्याराथनमा पुरुषतर्फ रुकुमपश्चिमका दुर्गा बुढा र महिलातर्फ जुम्लाकी कल्पना बुढा प्रथम हुनुुभएको छ ।

माओवादी जनयुद्धताका माओवादीका लडाकु (गुरिल्ला) हिंडेको बाटो र तालिम केन्द्र सञ्चालन भएको स्थल मौराखारालाई चिनाउन सुरु गरिएको मौराखारा गुरिल्ला म्याराथनको सातौ संस्करण विहिबार सम्पन्न भएको हो ।

गुरिल्ला म्याराथनमा पुुरुषतर्फ दुर्गा र महिलातर्फ कल्पना प्रथम हुदाँ महिलातर्फ भने शिर्ष ५ स्थानमा जुुम्लाकै यथेलेटिक्स खेडालीको वर्चश्व रहेको छ । जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले आयोजना गरेको म्याराथनमा ५३ धावकहरुलाई पछिपार्दै पुुरुषतर्फ दुुर्गा बुढाले प्रथम स्थान हाँसिल गर्नुुभएको हो ।

उहाँले निर्धारित ४८ किलोमिटर दुरी ४ घण्टा ५२ मिनेटमा पार गरेको म्याराथन व्यवस्थापक सानीभेरी गाउँपालिका युवा तथा खेलकुद विकास समितिका सचिव बालकुमार नकालले बताउनुुभयो । उहाँका अनुसार रुकुमपश्चिमकै भुवन ओली द्वितीय हुनुुभएको छ । उहाँले निर्धारित दुरी ४ घण्टा ५३ मिनेट पार गर्नुुभएको हो ।

४ घण्टा ५७ मिनेटमा दुरी पार गरेर जुम्लाका शेरबहादुर बुढा तेस्रो, रुकुमपूर्वका शक्तिराम बुढा चौथो र रुकुमपश्चिमकै अर्जुन बस्नेत पाँचौं स्थान हुनुसफल हुनुुभएको छ ।

यता महिलातर्फ लगातार शिर्ष ५ स्थानमा वर्चश्व बनाएका जुुम्लाका यथेलेटिक्स धाविकाहरुमध्ये ३२ जना प्रतिस्पर्धीलाई पछिपार्दै जुम्लाकी कल्पना बुढा प्रथम हुनुुभएको छ । उहाँले निर्धारित ३४ किलोमिटर दुरी ३ घण्टा १४ मिनेटमा पार गर्नुुभएको हो ।

द्वितीय भएकी जुम्लाकै राज्यलक्ष्मी रावतले निर्धारित दुरी ३ घण्टा १६ मिनेटमा पार गर्नुुभयो । आयोजकका अनुसार ३ घण्टा ५७ मिनेटमा दुरी पार गरेकी जुम्लाकी सन्दिपा बुढा तेस्रो, जुम्लाकै मिमु बुढा चौंथो र समिता बुढा पाचौँ स्थान हुन सफल हुनुुभएको छ ।

म्याराथनमा पुरुषतर्फको प्रथम पुरस्कार १ लाख, द्वितीय ७५ हजार, तृतिय ४५ हजार प्रदान गरिएको छ । भने चौथो पुरस्कार १५ हजार र १० औं स्थानसम्मको लागि समान ३ हजारका दरले पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महिलातर्फ प्रथमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २० हजार पुरस्कार प्रदान गरिएको सदस्य सचिव नकालले जानकारी दिनुुभयो । चौथो हुनेले १० हजार पुरस्कार प्राप्त गर्दा १० औं स्थानसम्म हाँसिल गर्ने धावकले समान ३ हजार पुरस्कार प्राप्त गरेका छन् । सानीभेरी गाउँपालिकाले हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन आयोजना गर्दै आएको छ ।