सुर्खेत – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।
आज को दिन सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लाग्ने गर्दछ आजकै दिन साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ।
सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा सुुर्खेत पाराडिस मन्टेस्वरीमा अभिभावकहरुले बालबालिकालाई अक्षरारम्भ गराउनुका साथै स्कुल भर्ना गराएका छन् । यो अवसरमा सुर्खेतका सबै विद्यालयमा नयाँ भर्ना हुदाँ भारी छुट दिइएको छ ।