सुर्खेतको सिद्धार्थ होटेलमा न्यु एयर इभ आयोजना, शान्तिश्रीदेखि लेडिज डिजेको प्रस्तुति रहने

सुर्खेत – सुुर्खेतको सिद्धार्थ होटेलमा आयोजित न्यु एयर इभ कार्यक्रममा चर्चीत गायिका शान्तिश्री परियारदेखि लेडिज डिजे पिज्जाको समेत प्रस्तुति रहने छ । अङ्ग्रेजी नयाँ बर्ष २०२५ का अवसरमा होटलले आयोजना गरेको कार्यक्रममा प्रस्तुति दिन चर्चित गायिका शान्तिश्री परियार सुर्खेत आउने भएकी हुन् ।

नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका परियार न्यु एयर इभमा आफ्नो सांस्कृतिक प्रस्तुति दिन सुर्खेत होटल प्रा.लिले जानकारी दिएको छ । उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ । सो विषयमा जानकारी दिन सिद्धार्थ होटेल आइतबार पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

गायिका परियारले अरेली काँडैले मलाई, गोर्खे खुकुरी, सोल्टी बजारमा, बन्दी पुरैमा, गलबन्दी, ढुङ्गेधारैको, घर कता हो बहिनीको भन्ने लगायत दर्जनौं बढी चर्चित गितहरुमा आवाज दिएकी छिन् ।

यस कार्यक्रमलाई सुरुवात गर्नको लागि काठमाडौंबाट ओपनिङ ब्यान्ड “स्पर्श ब्यान्ड” र समापन गर्न सुर्खेत बासीलाई नचाउनको लागि लेडिज डिजे पिज्जाको प्रस्तुति रहनेछ ।

यसैगरी सिद्धार्थ होटेलले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आकर्षक छुट सहितका विभिन्न प्याकेजको व्यवस्था मिलाएको छ। कार्यक्रमका लागि प्रतिव्यक्ति १ हजार ५०० र बच्चाको हकमा भने प्रतीव्यक्ति १ हजार रकमको टिकट रहेको छ।