जाजरकोट-जुम्ला सुरुङमार्ग तत्काल निर्माण नहुने

सुर्खेत – जाजरकोट(जुम्ला जोड्ने प्रस्तावित सुरुङमार्ग निर्माण नहुने भएको छ । जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको काम तत्कालका लागि अघि नबढ्ने भएको हो । दूरीका हिसाबले लामो र धेरै लागत लाग्ने भएपछि सुरुङमार्ग निर्माणको काम अघि नबढाउने निर्णयमा पुगिएको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । तत्काल थप प्रक्रिया अघि नबढाइने केन्द्रका इञ्जिनियर प्रदीप भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार सुरुङमार्गको प्री(फिजिविलिटी अध्ययनले २९ अर्बको प्रारम्भिक लागत अनुमान निकालेको पछि सो लागतअनुरूप प्रतिफल नआउने देखिँदा थप प्रक्रिया अघि नबढाइने भइएको हो । यसअघि सुरुङमार्गको प्री(फिजिविलिटी अध्ययन गरिएको थियो । उक्त अध्ययनले थप काम गर्न उपयुक्त नभएको देखाएको छ ।

जाजरकोटदेखि जुम्लासम्म सुरुङमार्गको दश किलोमिटर दूरी छ । दूरीका हिसाबले लामो र लागत धेरै लाग्ने भएपछि काम अघि बढाउन समस्या भएको केन्द्रले जनाएको छ । सुरुकै प्री(फिजिविलिटी अध्ययनले काम गर्न उपयुक्त छैन भन्ने अन्तिम रिपोर्ट दिएको छ । त्यसैलाई आधार मानेर अहिलेलाई थप काम अघि नबढाइने भएको हो । दश किलोमिटर दूरी हुँदा काम अघि बढाउन थप समस्या भएको केन्द्रका इञ्जिनियर प्रदीप भण्डारी बताउनुहुन्छ । ‘सरकारले नै लामो दूरीमा रहेका सुरुङमार्ग निर्माणको काम अघि नबढाउन भनेको छ’ उहाँले भन्नुभयो, ‘लागत धेरै र न्यून प्रतिफल हुने भएपछि अध्ययनको काम अघि नबढ्ने भएको हो ।’

उहाँका अनु्सार करिब एक वर्ष लगाएर आयोजनाको ‘प्रि(फिजिविलिटी’ अध्ययन गरिएको थियो । उक्त अध्ययनले काम गर्न उपयुक्त नभएको देखाएको छ । २०८० जेठमा सुरुङमार्ग निर्माणका लागि प्री(फिजिविलिटी अध्ययनको काम सुरु गरिएको थियो । २०७८ मा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । सडक डिभिजन कार्यालय चौरजहारी रुकुम पश्चिमले त्यसका लागि स्थानसमेत उपयुक्त रहेको भन्दै फाइलसमेत खडा गरेको थियो । त्यतिबेला सामान्य अध्ययनका काम भएका थिए । पछि विभागले २०८० जेठमा इटीको(टि।एम।एस(रेज जेभीसँग सुरुङमार्गको प्री(फिजिविलिटी अध्ययन सम्झौता गरेको थियो । अहिले उक्त अध्ययनको अन्तिम रिर्पोट आएको छ । उक्त रिर्पोटले काम गर्न उपयुक्त नभएको देखाएपछि अन्य काम अघि बढ्ने छैनन् । सरकारले कुनै विकल्प देखाएर काम अघि बढाउन सक्नेछ । तत्काल भने काम अघि नबढ्ने भएको हो ।

२९ अर्ब बढी लागत अनुमान

जाजरकोट-जुम्ला जोड्ने प्रस्तावित सुरुङमार्ग निर्माणका लागि करिब २९ अर्ब बढी लागत अनुमान गरिएको छ । जाजरकोटको साङ्टाबाट र जुम्लाको इमिल्चाघारी सम्मको लम्बाइ करिब दश किलोमिटर छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर सुरुङमार्ग निर्माणको काम थालिएको थियो । प्री–फिजिविलिटी अध्ययनको अन्तिम रिपोर्टअनुसार करिब २९ अर्ब बढी लागत अनुमान छ ।

प्रस्तावित सुरुङमार्गले जाजरकोटको कुसे गाउँपालिका वडा नं। ८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका वडा नं। ८ इमिल्चाघारी जोड्ने लक्ष्य राखिएको थियो । सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट मार्ग अपेक्षा राखिएको थियो ।

गौरवको आयोजनाका रूपमा सुरुङमार्ग निर्माण योजना अघि सारिएको भएपछि अध्ययनले काम गर्न उपयुक्त नभएको देखाएको छ । दूरी र व्यापारका हिसाबले सुरुङमार्ग नै उपयुक्त विकल्पका रूपमा लिइएको बताउने गरिएको छ । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि उक्त सुरुङमार्ग निर्माण थालिए पनि लामो दूरीका कारण काम अघि नबढ्ने भएको हो ।

सडकको दूरी छोट्याइ इन्धन बचत गर्ने, भौगोलिक रूपमा कठिनाइ र पहिरोको जोखिम भएका ठाउँमा सुरक्षित हुने भएकाले जाजरकोट(जुम्ला सुरुङमार्ग निर्माण थालिएको थियो । तर, सुरुकै अध्ययनले उपयुक्त नभएको देखाएको छ । सुरुङमार्ग निर्माणसँगै कर्णालीको व्यापारमा वृद्धि हुने अपेक्षा राखिएको पूर्व सांसद तथा माओवादी नेता नरेश भण्डारी बताउनुहुन्छ । दूरी लामो भए पनि खण्ड(खण्डमा गरेर उक्त काम अघि बढाउनुपर्ने उहाँको भनाइ छ । यसबारेमा सरकारलाई पुनः अवगत गराउने उहाँ बताउनुहुन्छ । रिर्पोटअनुसार दूरी लामो भएर समस्या भएको भएपनि दूरी घटाएर काम गर्न सकिने उहाँको दाबी छ । यो सुरुङमार्ग कर्णाली बासीको आशाको दियो रहेको भन्दै यसबारे सरकारलाई खबरदारी गर्ने भण्डारी बताउनुहुन्छ ।