एनपीएल : खेलाडीका लागि असोज २० गते डाक बढाबढ हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग ९एनपीएल० को खेलाडी छनोटका लागि यही असोज २० गते अक्सन हुने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले असोज २० गते अक्सनको मिति निर्धारण गरेको जनाएको हो।

अक्सनका लागि खेलाडीलाई ए, बी र सी ग्रेडमा वर्गीकरण गरिनेछ। क्यानले केही दिनअगाडि खेलाडीलाई अक्सनका लागि आफ्नो नाम दर्ताका लागि आह्वान गरेको थियो।

टिममा समावेश हुने विदेशी खेलाडी भने टिमहरुले सीधै अनुबन्धित गर्नेछन्। पहिलो संस्करणको एनपीएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदै छ।

क्यानको आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपीएल मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुँदै छ। ८ वटै टोलीको मार्की खेलाडी भने पहिले नै तय भइसकेको छ।