४१ औं सामाजिक सेवा दिवसको अवसरमा फलफुल वितरण

 सल्यान – सामाजिक सेवा दिवसको अवसरमा सल्यान अस्पताल सल्यानका बिरामीहरु लाई फलफुल वितरण गरिएको छ ।

 

गैर सरकारी सस्था महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा ४१ औं सामाजिक सेवा दिवसको अवशर पारेर सल्यान अस्पताल सल्यानमा रहेका बिरामी लाई फलफूल वितरण गरिएको हो । सल्यान अस्पताल बिकास समिति चन्द्र प्रकाश वलि र सल्यान अस्पताल सल्यानका डा . भिमकान्त जैशिको सह भागितामा बिरामीलाई फलफुल बितरण गरिएको हो ।

 

 गैर सरकारी सस्था महासंघले प्रतेक बर्ष सामाजिक सेवा दिवस मनाउने गरेकोले यस बर्ष पनि शुभकामना आदानप्रदान तथा दिवस मनाउने गरेको  गैर सरकारी सस्था महासंघका केन्द्रिय सदस्य दिपेन्द्र प्रकाश डि सिले  बताए।

 

यस्तै अस्पताल बिकास समितिका अध्यक्ष चन्द्र प्रकाश वलिले गैर सरकारी सस्था महासंघ सल्यानले बिरामी लाई फलफूल बितरण गरेकोमा आयोजकलाई धन्वाद दिए। गैर सरकारी सस्था महा संघ सल्यानले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरे । अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल  वितरण गरेर बिरामीलाई हौसला प्रदान गरेको बताए ।

 

कार्यक्रममा गैर सरकारी सस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाही सल्यान बहुमुखी क्याम्पस सल्यानका स्ववियु सभापति राम बहादुर खत्री लगायतको सहभागिता रहेको थियो ।