कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ३२७६, डिस्चार्ज २७३१

हालसम्म ७१ हजार ९ सय ९७ जनामा पीसीआर परीक्षण

सुर्खेत – कर्णालीमा हाल सम्म कोरोना संक्रमितको कुल संख्या तीनहजार दुइसय ७६ पुगेको छ । भने यस रोगबाट डिस्चार्ज हुनेको कुल संख्या दुइ हजार सातसय ३१ रहेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कर्णालीमा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषश प्रयोगशाला सुर्खेतमा बुधबार गरिएको परिक्षणमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार यस्त बुधबार कर्णालीमा कोरोना बाट डिस्चार्ज हुनेको संख्या भने १७ रहेको छ। कर्णालीमा कोभिड-१९ का संक्रिय विरामीको संख्या पाँचसय ३९ रहेको छ । कर्णालीमा हालसम्म ७१ हजार ९ सय ९७ जनामा पीसीआर परीक्षण गरिएको छ ।
हाल सम्म उक्त रोगबाट ६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै हाल सम्मा कर्णालीका विभिन्न जिल्लाका आइसोलेसनमा रहेका कोरोना विरामीहरु चार सय ५८ रहेका छन् । भने बुधबार कोरोना पुष्टि भएका संक्रमित विभिन्न आइसोलेसनमा जाने क्रममा रहेका छन्

सुर्खेत जिल्लाका विभिन्न आइसोलेसनमा गरेर जम्मा तीनसय ३१ जना मध्ये प्रदेश अस्पतालका ६५ जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टरमा ६, वीरेन्द्रनगर होम आइसोलेसनमा दुइसय सात जना, वीरेन्द्रनगर होटेलका आइसोलेसनमा १५ जना, गुर्भाकोट आ.से मा २२ जना, भेरीगंगा होम आ.से मा दुइ जना, बरहाताल आ.से.मा तीन र सिम्ता आइसोलेसन सेन्टरमा ११ जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै देलेखमा २९ जना मध्ये दैलेख अस्पताल र नारायण आइसोलेसन सेन्टरमा दुइजना, दुल्लु अस्पतालमा एकजना, भैरवी आइसोलेसन सेन्टरमा तीन जना, चामुण्डा आइसोलेसन सेन्टरमा पाँचजना, आठबिस आइसोलेसन सेन्टरमा १४ जना र ठाटीकाँध आइसोलेसन सेन्टरमा चार जना रहेका छन् ।

जाजरकोटको जारजरकोट अस्पतालमा दुइ र नलगाड आइसोलेसन सेन्टरमा तीन जना गरेर पाँच जना, सल्यानका ४८ जना मध्ये सल्यान क्याम्पस आइसोलेसन सेन्टरमा सात जना, बनगाड कुपिण्डे आइसोलेसन सेन्टरमा ३९ जना र छत्रेश्वरी आइसोलेसन सेन्टरमा दुइ जना, रुकुमका ४० जना मध्ये मुसिकोट अस्पताल मा तीन जना, चौरजहारी अस्पतालमा ३५ जना, मुसिकोट आ.से. र त्रिवेणी आइसोलेसन सेन्टरमा एक-एक जना रहेका छन् ।

यस्तै मुगु अस्पतालमा मुगुमा एकजना, डोल्पाको मुड्केचुला आइसोलेसन सेन्टरमा तीन जना र त्रिपुरासुन्दरी आइसोलेसन सेन्टरमा एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । साथै असोज ६ गते सम्म जुम्ला, कालिकोट र हुम्ला गरेर तीन जिल्ला कोरोना मुक्त रहेका छन् । (नेपाली रैबार)