हामीले हुन्छ नभनी कसले गर्नसक्छ संविधान संशोधन : माधव

काठमाडौं – प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन्।

सत्तारूढ कांग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रश्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरुको सहभागिताबिना सम्भव नरहेको दाबी गरेका हुन्। आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उनले सरकारमा सहभागी नभएका दलहरुको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे। हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाइ थियो। उनले संविधान संशोधन गर्ने सत्तारुढ काँग्रेस–एमालेको सहमति मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि दोहोर्‍याए। उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राखे।

अध्यक्ष नेपालले भने, ‘यो समिकरण रातारात परिवर्तन भयो। कसरी मान्छेहरुलाई झुक्याइँदो रहेछ। हुन त सबै झुक्किँदा रहेनछन्। धेरै सोझो भएर पनि झुक्किँदा रहेछन् धेरै बाठो भएर पनि झुक्किँदा रहेछन्। यो सत्ता समिकरण परिवर्तन गर्नेहरुको राम्रो उद्देश्य थियोरु राम्रो देखिँदैन। संविधान संशोधन गर्ने उद्देश्य थियोरु संविधान संशोधन गर्नु थियो भने के त्यो मध्यरातमा हस्ताक्षर गर्नुपर्छरु त्यसलाई सार्वजनिक छलफलको विषय बनाउनु पर्दैनरु हाम्रो सहभागिताबिना संविधान संशोधन गरौँला, सम्भव होला भन्ने कुरा कसैले ठानेको छ भने उसले गलत ठानिरहेको छ। त्यो सम्भव छैन।ु

अध्यक्ष नेपालले नेपालमा दुई पार्टी पद्धति सम्भव नरहेको पनि बताए।