पशु कल्याण ऐनको मस्यौदा ६ महिनामा तयार हुने

काठमाडौँ – पशु कल्याण ऐनको मस्यौदा ६ महिनामा तयार हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा राजेन्द्र प्रसाद मिश्रले पशु कल्याण ऐनको एक छलफल कार्यक्रममा पशु कल्याण ऐनको मस्यौदा ६ महिनामा तयार हुने बताएका हुन्।

उनले पशु कल्याण ऐन ल्याउँदा व्यवहारिक रूपमा कार्यान्वयन हुने गरी ल्याउनु पर्ने बताएका छन् । पछिल्लो समय पशु कल्याणको आवश्यकतामा भन्दा कार्यान्वयनका विषयमा छलफल गर्नुपर्ने बताएका हुन् ।ुहामीले ल्याउने कानुन हाम्रो सामाजिक, आर्थिक, भौतिक संरचना भन्दा बढी महत्वकाङ्छी छन्ु उनले भने ,ुहामीले ल्याउने कानुन व्यवहारिक रूपमा, सामाजिक रूपमा र हाम्रो भौतिक संरचनाले धन्ने हुनुपर्छ ।ु

समाजमा भएका पशु वा जनावर प्रति भइरहेको नराम्रो मात्र होइन , राम्रो काम पनि भएको डा मिश्रको तर्क छ । अनिमल नेपालका श्लोकचना रानाले पशु ढुवानी गर्दा क्षमता भन्दा बढी ढुवानी भइरहेकाले पशु कल्याण ऐनको आवश्यकता रहेको बताइन् । ुकाठमाडौँमा राँगा ढुवानी गर्दा एउटै सवारी साधनमा ३५ भन्दा बढी राखेको पाइको छ ।ु उनले भनिन् ुराँगा मात्र होइन कुखुरा, खसीलगायत मासुका लागि ल्याइने पशुलाई चोटपटक लाग्ने , बिरामी हुने समस्या रहेको छ ।ु

पशु सेवा विभागका उपमहानिर्देशक डा विनय कुमार कर्णले पशु कल्याण विषयमा एक्लै विभागको मात्रै जिम्मेवार नभएकोले सबैको जिम्मेवारी भएको बताए । पशु ढुवानी मापदण्ड २०६४ ले सवारी साधनको संरचना, पशुको सङ्ख्या, ढुवानी कर्ताको ठेगाना, नम्बर लागत विभिन्न विषयलाई सम्बोधन गरेको बताए ।