जाजरकोटमा घर भत्किँदा आठजना घाइते, तीनको अवस्था गम्भीर

सुर्खेत – जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठ जना घाइते हुनुभएको छ । तीन जनाको अवस्था गम्भीर छ ।

शुक्रबार राति १ बजेतिर घर भत्किँदा ३५ वर्षीय पदम अधिकारी, ६५ वर्षीया भिरकुली, ३० वर्षीया सरिता, १६ वर्षीया संगीता, १५ वर्षीया सुजता, १४ वर्षीय नविन, १४ वर्षीय नवराज र १० वर्षीय दिनेश घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पदम, सरिता र दिनेशको अवस्था गम्भीर छ । उहाँहरुसँगै ६ जनाको जिल्ला अस्पातालमा उपचार हुँदै छ । सामान्य घाइते संगीता र नवराज घरमै रहेको प्रहरीले जनाएको छ।