असार दोस्रो साता पुग्दा रोपाइँ ९.८ प्रतिशतमात्र

असार दोस्रो साता पुग्दासम्म मुलुकमा रोपाइँ हुने कुल क्षेत्रको ९.८ प्रतिशतमा मात्रै रोपाइँ भएको छ ।

१२ असारसम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रको १ लाख ३६ हजार ४ सय ११ हेक्टमा मात्रै धान रोपिएको छ ।

नेपालमा १३ लाख ९८ हजार ८ सय ३६ हेक्टरमा रोपाइँ हुने गरेको छ । कृषि विभागका अनुसार गत वर्षको दाँजोमा यो वर्ष पनि रोपाइँ दर नबढेको हो । १० असार २०८० सम्म कुल रोपाइँ क्षेत्रको ८.७५ प्रतिशत रोपाइँ भएको थियो ।