सांसदहरुको कोरोना परीक्षण हुँदै

काठमाडौं : संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ।राष्ट्रियसभाका सांसदहरुको बिहीबार बिहान १० बजेदेखि र प्रतिनिधिसभाका सांसदको ११ बजेदेखि स्वाब संकलन भइरहेको हो।

संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था सचिवालय जनाएको छ। संघीय संसदको बर्षे अधिवेशन सुरु हुनुअघि सबै सांसदको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णयअनुसार स्वाब संकलन गरिएको हो। वैशाख २६ गते (भोली) बर्षे अधिवेसन सुरु बस्दैछ।

त्यस्तै व्यवस्थापिका संसदमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, पत्रकार‍लगायतको पनि स्वाब संकलन गरिने भएको छ। परीक्षणका लागि सासंद तथा मन्त्रीहरु बानेश्वरस्थित संसद भवन पुगेका छन्।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बैठक बस्ने तयारी गरिएको छ। भाइरस संक्रमणबाट बच्न संसद भवन परिसर र सभाहल, कक्ष, भवन डिस्इन्फेक्सन गरिने भएको छ।