कर्णाली श्रमाधान मेला : सुर्खेतकाे सिटी हलमा सुरु

सुर्खेत – कर्णालीमा श्रम खोज्ने र दिनेका लागि श्रमाधान मेला सुरु भएको छ । शुक्रबार (आज) बाट प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा श्रमाधान मेला सुरु भएको हो । संघीय रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा मेला लागेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव टिकाराम ढकालका अनसार रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको छ ।
‘मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक तथा निजि साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौ,’ उनले भने ।

श्रम कार्यलय सुर्खेतका कार्यालय प्रमुख श्रीसमशेर रानाका अनुसार मेलामा ४० वटा निजि क्षेत्रका स्टलहरु राखिएका छन् । दुई दिने मेला विहान १० बजेदेखि साझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलाको रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्दघटन गर्ने तारी छ । १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला प्रत्येक प्रदेशमा २÷२ दिन सञ्चालन भईरहेको छ । कर्णालीमा जेठ २५ र २६ गते सञ्चालन हुनेछ ।