कर्णाली सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

सुर्खेत – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने गर्दैछ । बुधबार दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका रहेको छ । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।

यसपटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समावेश गर्नेगरी नीति तथा कार्यक्रम सरकारले ल्याउन लागेको एक मन्त्रीले जानकारी दिए । ‘बहुवर्षिय योजनाका कारण हरेक वर्ष अन्य योजनाहरु कम समेटिएकाले यो पटक बहुवर्षे सक्नेगरी नीति तथा कार्यक्रम तय हुनेछ,’ ति मन्त्रीले भने, ‘समग्रमा अन्य योजनाहरु पनि समेटिनेछन् । महोत्वकांक्षीभन्दा पनि कार्यान्वयमुखी हुनेखालको नीति तथा कार्यक्रम आज संसदमा पेश हुन्छ ।’

‘यसअघिका थुप्रै आयोजनाहरू अधुरा छन् । सार्वजनिक कार्यक्रममै मुख्यमन्त्री यामलाल कँडेलले नयाँ योजना थप्नेभन्दा पनि यसअघि सञ्चालनमा रहेका बहुवर्षिय आयोजनालाई मुर्तरुप दिनु पर्ने अवस्था रहेको बताउँदै आएका छन् ।