अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, ७० लाख संक्रमित

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा दुई लाख व्यक्तिको मृत्यु भएको छ ।

चीनको वुहानबाट गत वर्षको डिसेम्बरबाट संसारभर फैलिएको कोभिड–१९ बाट अमेरिका सबैभन्दा बढी प्रभावित बनेको हो । अमेरिकामा साढे ७० लाख मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

मृतकका दृष्टिले ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ एक लाख ३७ हजार व्यक्तिको कोरोनाको संक्रमणका ज्यान गएको छ । त्यहाँ साढे ४५ लाख मानिस संक्रमित छन् ।

संक्रमितको संख्यामा दोस्रो र मृतक संख्या तेस्रो स्थानमा रहेको भारतमा ८९ हजार व्यक्तिको मृत्यु भएको छ । त्यहाँ ५५ लाख ६० हजार व्यक्ति संक्रमित छन् ।

रुसमा ११ लाख संक्रमित हुँदा त्यहाँ १९ हजारको मृत्यु भएको छ । मेक्सिकोमा ७३ हजार व्यक्तिको मृत्यु हुँदा सात लाख व्यक्ति संक्रमित छन् ।