सुर्खेत — अर्थमन्त्री वर्षमान पुनले कृषिमा लगानी बढाउन २०८१ देखि २०९१ सम्म कृषि दशक मनाउने घोषणा गरेका छन् ।
संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री पुनले सरकारी सहकारी र निजी साझेदारीबाट कृषिमा लगानी बढाउन दशकको घोषणा गरिने बताए ।
त्यस्तै अर्थमन्त्री पुनले कृषिको विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवर्द्धन गरिने बताए ।