जुम्लाका स्वास्थ्य बीमा दर्ता सहयोगीको सेवा बढाउन माग

सुर्खेत – कर्णालीका दुर्गम जिल्लामा कार्यरत स्वास्थ्य बीमा दर्ता सहयोगीको सेवा सुविधा बढाउन माग गरिएको छ । भौगोलीक हिसावले विकट मानीने जुम्ला लगायतका कर्णाली प्रदेशका अन्य जिल्लामा कार्यरत दर्ता सहयोगीको सेवा सुविधा बढाउन माग गरिएको हो ।

दुर्गममा कार्य स्थलमा खटिदाँको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य बीमा बोर्ड तथा नेपाल सरकारले दर्ता सहयोगीले पाउने सेवा सुविधामा हेरफेर गर्नुपर्ने जुम्ला तातोपानि ४ का धन बहादुर रावतको तर्क छ ।
साथै रावत सहित जुम्लाका दर्ता सहयोगीहरुले जिल्ला स्वास्थ्य बीमा कार्यालय मार्फत बीमा बोर्ड बबरमहल काठमाडौ र स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालय सुर्खेतलाई समेत कर्णाली प्रदेश संयोजक समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

‘स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन लागि दर्ता सहयोगीको महत्वपुर्ण भुमिका छ’ धन बहादुर रावतले भने, ‘हाम्रो मेहनतले जुम्लाका ८० प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा छन् । तर काम गर्ने दर्ता सहयोगीलाई बीमा बोर्डले प्रति बीमाको १० प्रतिशत बोनस बाहेक अन्य कुनै सेवा सुविधा नदिएको र बोनस पनि टाईममा उपलब्ध नभएको दर्ता सहयोगिहरुको गुनासो रहेको उहाँको भनाई छ ।

बीमा बोर्डले देशभरका सबै दर्ता सहयोगीका लागि एउटै नियम लागु गरेपछि दुर्गमका लागि थप सेवा सुविधा दिनपर्ने जुम्लाका दर्ता सहयोगीहरुको माग छ । जुम्लामा २०७४ सालदेखी सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल जिल्लाका आठ वटै स्थानीय तहका ६० वटा बडामा लागु भएको छ ।
जहाँ दर्ता सहयोगीहरुको मेहनतले कर्णाली प्रदेश स्तरमा पहिलो स्थानमा जुम्लामा बीमित संख्या रहेका छन् । २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षा र तपाईको स्वास्थ्य हाम्रो अटोट भन्ने मुल नाराका साथ यो कार्यक्रमको सुरुवात भएको भियो ।

स्वास्थय विमा कार्यक्रम स्वास्थ्य सेवा उपयोग को क्रममा अनियोजित खर्चको जोखीमलाइ अगिम व्यावस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारण अन्तर्गत सरकारले कार्यक्रम ल्याएको हो । सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रधान गर्ने र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा उपयोगमा सुधार ल्याउने तथा स्वास्थ्य सेवा सुनिश्चित गर्ने कार्यक्रमको उदेश्य थियो ।