चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन सुझाव

हाल (बुधबार बिहान) काठमाडौँ उपत्यकासहित देशैभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही गण्डकी प्रदेशका थोरै तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो पनि मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। यस क्रममा देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।साथै तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुने सम्भावना छ।

महाशाखाको बिहानी बुलेटिनअनुसार राति पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखी मध्यम वर्षा हुने सम्भावना छ। साथै कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।