कर्णालीमा मन्त्रिपरिषद् विस्तार, एक राज्यमन्त्री थप

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । साथै उहाँले एक राज्यमन्त्री थप गर्नुभएको छ ।
तीन दलीय गठबन्धन रहेको कर्णालीमा मुख्यमन्त्री कँडेलले आफ्नो दल एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाह नियुक्त हुनुभएको छ । भने सांसद गोमता विकलाई भौतिक राज्यमन्त्री बनाइएको छ ।

यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, ऊर्जा तथा जलस्रोत मन्त्रीमा रणसिंह परियार, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र दुर्ग रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।