क्यान्सर पिडीत जुम्लाका गायक बिर्खले हतारमा किन ल्याए गीत ? (भिडियोसहित)

सुर्खेत – जुम्लाका ब्लड क्यान्सर पिडीत गायक बिर्ख विश्वकर्माको ‘जुम्ला आउने दोबाटो’ बोलको गीत हालै सार्वजनिक भएको छ । जुम्ला जिल्लाको प्रचारप्रसार र विकास तथा पर्यटन प्रवर्दनका लागि यो गीत निर्माण गरिएको हो ।

सिंजा घर भएका ब्लड क्यान्सर पिडीत गायक बिर्खले आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएकाले भविष्यमा जे पनि हुनसक्ने भन्दै हतारमा गीत सार्वजनिक गरेका हुन् । आफु पीडामा हुदाँहुदै पनि बिर्खले आफ्नो क्षेत्रको पर्यटन प्रर्वदनका लागि गीत गाएर प्रचारप्रसार गर्ने चाहाना पुरा गरेका छन् ।

स्थानीय कला संस्कृतिको संरक्षण गर्दै आगामी दिनमा पनि गीत संगीत मार्फत जिल्ला र प्रदेशको पर्यटन विकासमा जोडदिने बिर्ख विश्वकर्माको हुटहुटी कायमै छ । तर उनलाई उनकै स्वास्थ्यले भने धोका दिइरहेको छ । यो गीतमा बिर्ख विश्वकर्मा र गायिक निरुता खत्रीले स्वर भरेका छन् । गीतको भिडियो गायक विश्वकर्माको नामको युटुव च्यानलमा राखिएको छ ।

गीतमा समग्ररूपमा जुम्ला जिल्ला तथा कर्णाली प्रदेश र अन्य जिल्लाको पर्यटन विकासको गति र रमणीय स्थलहरूका बारेमा शब्द उनिएको छ । गीतको भिडियो पनि सोही अनुसार नै निर्माण गरिएको छ । गीतमा शब्द निरुता खत्री र दिलबहादुर बोगटीको संयुक्त छ भने संगीत निरुता र तीर्थ परियारले गरेका छन् । भिडियोमा बिर्ख विश्वकर्मा र झरना बोहोराले नृत्य तथा अभिनय गरेका छन् ।

गायक                                                             गायिका

‘यो हाम्रो पहिले नै कल्पना गरेको प्रोजेक्ट हो । तर विस्तारै काम गर्ने सोच थियो’ गायिक खत्रीले भनिन्, ‘तर बिर्खले आफ्नो स्वास्थ्य ठिक नभएकोले छिट्टै गीत सार्वजनिक गर्छु भन्ने इच्छा व्यक्त गरेपछि हतारमा गीतको भिडियो पनि निर्माण गरिएको हो ।’

क्यान्सर पीडित बिर्खलाई सहयोगका लागि यो गीत धेरैभन्दा धेरैले हेरीदिन गायिक खत्रीको अनुरोध छ । गीतले कमाएको सबै पैंसा बिर्खको उपचारमा सहयोग गरिने उनको भनाइ छ । सुदूरपश्चिम अछाम जिल्लाको ढकारी गाउपालिका–२ मा स्थायी घर भएकी गायिका खत्री यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर कलाकारीतामा क्रियाशित छिन् ।

२०७२ मा ‘माया सल्यान म बस्ने अछाम मा’ औपचारिक रूपमा गीत गाएर यो क्षेत्रमा होमिएकी खत्रीले हालसम्म २५० जति गीतमा स्वर भरेकी छन् । सबैखाले गीत गाउने उनले धेरैजसो देउडा गीतमा स्वर दिएकी छन् ।

उनले गायन पेशामा एपेक म्युजिक अवार्ड, रारा म्युजिक अवार्ड, जीवन्त म्युजिक अवार्ड, विशाल लुम्बिनी म्युजिक लोकदोहोरी अवार्ड, नागरिक सम्मान, तिलक सम्मान, हिमालयन इन्टरनेशनल अवार्डको जुरी सम्मान लगायत विभिन्न पुरस्कार प्राप्त गरेकी छन् । भने देशका विभिन्न ठाउँमा हुने महोत्सवदेखि भारतको मुम्बई, दिल्ली, पञ्जाव, हरियाणालगायत शहरमा र सन् २०१९ मा कतारमा भएको स्टेज प्रोग्राममा पनि निरुता सहभागी भएर आफ्नो प्रस्तुती राखेकी थिइन ।

भिडियाे